२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्रीलंकन पूर्वराष्ट्रपति विक्रमासिंघेद्धारा लुम्बिनी भ्रमण

शनिवार , पौष १३, २०८१

लुम्बिनी, १३ पुस । श्रीलंकाका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् । 

पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिप सिंह राई र विकास लामाले खादाले स्वागत गरेका थिए । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका थिए । उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे  । 

श्रीलंका बुद्धिष्ट देश भएकाले पूर्वराष्ट्रपतिले लुम्बिनीको रुचीपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । उक्त अवसरमा कोषकातर्फबाट राजदूत पूर्वराष्ट्रपति विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । निजी भ्रमणमा आएका उनले बुद्ध जन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरुको समेत भ्रमण गर्ने जनाइएको छ ।