२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–४ मा निःशुल्क स्वास्थ्य शिविर, २५० जनाले लिए सेवा

आइतवार , पौष १४, २०८१

भैरहवा, १४ पुस । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ छिपागढको आयोजना, रोहिणी गाउँपालिका र नेपाल सि.एल.सी. परियोजना लुम्बिनीको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) को प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा २५० जनाले उपचार सेवा लिनुभएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले जानकारी दिए ।

शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले स्वास्थ्य शिविर महत्वपूर्ण कार्यक्रम भएको बताए । 

सञ्जय कुमार गुप्ताको अध्यक्षता तथा मीना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी., दिलिपमणि त्रिपाठी, सतिश कुमार मिश्रा, इन्द्र कुमार यादव लगायतले बोलेका थिए ।

471663670_8664706863640900_2159513659321807336_n.jpg
471512259_8664709203640666_8207724645763157778_n.jpg