२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स सिद्धार्थनगर लेडी युथको आयोजनामा उद्घोषण तालिम

आइतवार , चैत्र १, २०७७

भैरहवा, १ चैत । 
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजनामा एकदिने उद्घोषणा तालिम कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथ, सिद्धार्थनगर संजिवनी, सिद्धार्थनगर सेन्टिनियल, सिद्धार्थनगर टुलिप र सिद्धार्थनगर गौतमबुद्धका पदाधिकारी तथा सदस्य गरी ४५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रागिनी जैसवालले बताइन् ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक कोर्डिनेटर ओम कुमार श्रेष्ठले प्रशिक्षण र व्यक्तित्व विकासका बारेमा प्रकाश पारेका थिए । विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका जोन ७१ की जोन चेयरपर्सन अनिता थापाले यस्ता कार्यक्रमहरुले लायन्स क्लबमा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२०/२१ की अध्यक्ष रितु वि.क.को अध्यक्षता तथा सचिव माधुरी थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका जोन ७२ का जोन चेयरपर्सन विजय पाण्डेले प्रशिक्षण दिएका थिए ।