२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्रीलंकन पूर्व राष्ट्रपति विक्रमासिंघेले गरे तिलौराकोट भ्रमण

आइतवार , पौष १४, २०८१

लुम्बिनी, १४ पुस । श्रीलंकाका पूर्व राष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले आइतबार शाक्यवंशिय राजधानी प्राचिन कपिलवस्तुको तिलौराकोट भ्रमण गरेका छन् । शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका बिक्रमासिंघेले दोस्रो दिन गौतमबुद्धको गृहनगर तिलौराकोट क्षेत्रको भ्रमण गरेका हुन् । पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, कपिलवस्तु शाखा प्रमुख माधव आचार्यले तिलौराकोटमा स्वागत गरे । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघे तिलौराकोट हेलिकप्टरमार्फत पुगेका थिए । श्रीलंका बुद्धिष्ट राष्ट्र भएकाले सिद्धार्थ गौतमले २९ बर्ष बिताएको प्राचीन कपिलवस्तु राज्यको दरबार क्षेत्र तिलौराकोटको भ्रमणमा पूर्वराष्ट्रपति बिक्रमासिंघले चासो रोखका थिए । 

उक्त अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा सूचना शाखाका विकास लामाले विफ्रिङ गरेका थिए । बिक्रमासिंघे श्रीलकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म प्रधानमन्त्री बनेका थिए ।