
वृद्धाआश्रम र गुरुकुलमा सहयोग गर्ने हेतु र युएईमा रहेका नेपालीमा आध्यात्मिक भाव बढाउने सोच
सोमवार , पौष १५, २०८१
भैरहवा, १५ पुस । नेपालबाट अनन्तः श्रीविभूषित आचार्य श्री १००८ चक्रपाणी स्वामीजी महाराजलाई आमन्त्रण गरी दुबईस्थित वर दुबई मीना बजारमा एकदिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग कार्यक्रम हुने भएको छ । २०२५ जनवरी ५ तारिख आइतबार मध्यान्ह १२ देखि साँझ ८ बजेसम्म उक्त कार्यक्रम हुने आयोजक श्रीवैष्णव परिषद् युएईले जनाएको छ ।
नेपाली समाज युएई, हिन्दु जागरण नेपाल युएई शाखा, सनातन गौ संरक्षण अभियान युएई, माई नेपाल युएई, एनआरएनए एनसीसी युएईलगायत युएईमा रहेका सम्पूर्ण जिल्ला संस्थाहरु एवं अन्य विभिन्न संघ–संस्थाहरु, व्यवसायिक घराना साथै भक्तजनहरुको आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्दै यो कार्यक्रमको प्रतिक्षामा रहेको आयोजकले जनाएका छन् ।
श्रीमद्भागवत कार्यक्रमलाई भव्य बनाउन श्रीबैष्णव परिषद् युएईका प्रमुख सल्लाहकार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय सदस्य एवं धार्मिक अभियन्ता तोयानाथ लम्सालको विशेष सक्रियताका साथै विभिन्न भक्तजनहरु, व्यवसायी, समाजसेवीहरु र धार्मिक व्यक्तिहरुसँग समन्वय गर्दै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल र एनआरएनए युएईकाका अध्यक्ष विकास शाहीले कार्यक्रम हुने भएपछि खुशी व्यक्त गरेका छन् । नेपाल पुगेरै परिषद् महासचिव प्रदीप दाहालले श्रीविभूषित आचार्य श्री १००८ चक्रपाणी स्वामीजी महाराजलाई निमन्त्रणा गरेका छन् ।
श्रीवैष्णव परिषद् युएईका सम्पूर्ण कार्यसमिति परिवार उत्साहका साथ कार्यक्रमको तयारीमा लागिपरेको अध्यक्ष मणिराम खतिवडाले र कार्यक्रम संयोजक जे सगरले जानकारी दिए ।
उपाध्यक्ष अञ्जली भट्टराई र सम्पत कुमार न्यौपाने, महासचिव प्रदीप दाहाल र सचिव गणेश जोशीले सम्पूर्ण कार्यक्रम व्यवस्थापनमा जुटेर सफल बनाउन लागिपरेको श्रीवैष्णव परिषद् युएईले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij