
सोमवार , पौष १५, २०८१
भैरहवा, १५ पुस । अँग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै भैरहवाको चारतारे होटल नान्सले आफना ग्राहकहरुका लागी सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । होटलका महाप्रबन्धक सुनिल श्रेष्ठका अनुसार न्यू इएर इभका दिन राती होटलको स्वीमिङ पुल साइडमा सांगीतिक माहोलसहितको कार्यक्रम आयोजना हुनेछ । महाप्रबन्धक श्रेष्ठका अनुसार यमन ब्यान्डको प्रस्तुतिका साथै चर्चित डान्सर मनिषाको समेत नृत्य रहेको बताए । इभमा सांगीतिक कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क रहेको र आफूलाई मनपर्ने विभिन्न खानाका परिकार मेनु अनुसार अर्डर गरी खान सकिने श्रेष्ठले बताए ।
उता होटलमा बस्न आउने ग्राहकका लागि एक रातको ७ हजार रुपैयाँको अफर ल्याएको छ । अफर अनुसार एक रात बास बसेको, रात्री बुफेट डिनर र बिहानको ब्रेकफास्ट सो रकममा २ जना (कपल) को लागि उपलब्ध रहेको होटलले जनाएको छ । चारतारे नान्स होटल भैरहवाको देवकोटाचोकमा अवस्थित छ । होटलमा स्वीट र डिलक्स गरी ६० कोठा छ भने कुची भ्वय नामको नेवारी रेष्ट्रो र क्याफे थर्टिन्थ स्ट्रीट नामको २४ घण्टे कफी सप समेत रहेको छ भने होटल परिसरमा क्यासिनो प्याराडाइज सञ्चालनमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij