
मंगलवार , पौष १६, २०८१
भैरहवा, १६ पुुस । लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा सरसफाई गरेको कार्यक्रम संयोजक बबिता लोनियाले बताइन् ।
साँस्कृतिक सम्पदा सरसफाई अभियान अन्तर्गत लियो मल्टीपल डिष्ट्रिक ३२५ पी सँग सहकार्य र लियो डिष्ट्रिक काउन्सील ३२५ पी को प्रतिनिधित्व गर्दै साँस्कृतिक धरोहर सरसफाई कार्यक्रम आयोजना गरिएको लियो सिद्धार्थनगर बोहिमियन्सकी संस्थापक अध्यक्ष सिर्जना कुवर क्षेत्रीले बताइन् । अभियान अन्तर्गत राम जानकी हनुमान मन्दिर र यहाँ रहेका तीनवटै छठ पोखरी ससरसफाई गरिएको उनले जानकारी दिइन् ।
लियो डिष्ट्रिक काउन्सील ३२५ पी की डिष्ट्रिक प्रेसिडेण्ट श्रद्धा कुवर, डिष्ट्रिक भाइस प्रेसिडेण्ट प्रविन पौडेल, एरिया–२ का चिफ मनिष ढकालको विशेष सहयोगमा भएको कार्यक्रममा श्री राम जानकी हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij