२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

बिभिन्न कार्यक्रम गरि मनाईयो ल्होसार

मंगलवार , पौष १६, २०८१

  • 730
    Shares
  • 730
    Shares
  • बुटवल । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व सर्प्हि ल्हो (सर्पबर्ग) २०८१ ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ । 

    “तमु थात थलोको सरक्षण र सम्बद्धनका लागि मौलिक पहिचानको आहवान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणका लागि तमुवानको आन्दोलन” भन्ने मुल नाराका साथ ल्होसार पर्व मनाईएको होे । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । 

    कार्यक्रम उद्घाटन गर्दै ल्होसार पर्वले गुरुङ जातिहरुको भाषिक पहिचान भेषभुषा, संस्कार, संस्कृतिलाई जोगाई राखेको र यस्ता कार्यक्रमले जातिय भाषिक पहिचानमा टेवा पुग्ने बताए । प्रमुख पाण्डेयले स्थानिय सरकारले आदिवासी जनजातिका भाषिक पहिचान गर्न तालिमका लागि बजेट छुट्याइएकाले त्यस्लाई सहकार्य गरेर उपयोग गर्नु पर्ने बताए । उनले स्थानिय सरकारको नागारिक बडा पत्रमा गुरुङ भाषालाई राख्नका लागि गुरुङ समुदायबाट नै पहल गर्नु पर्ने उल्लेख गरे । गुरुङ समुदायबाट आफू पनि एकदमै नजिक रहेकाले पछिल्ला पुस्ताले यस्ता संस्कार, संस्कृतिहरुलाई संरक्षण गर्दै लैजानु पर्ने बताए । 

    कार्यक्रममा तमु ह्युल छोज् धि गुरुङ राष्ट्रीय परिषदका केन्द्रीय  सदस्य एवं लुम्बिनी प्रदेश प्रमुख झप्पट गुरुङ, नेकपा बिप्लव समुहका जिल्ला अध्यक्ष बिरेन्द्र सिंह, जसपाका जिल्ला कोषाध्यक्ष सुनिता खडलु, नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला उपसचिव बाबुराम पन्थी, गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य दिपक गुरुङ, सल्लाहकार अशोक गुरुङ, नगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै मौलिक पहिचान जोगाउनका लागि गुरुङ समुदायको महत्वपुर्ण भुमिका खेलेको बताए । 

    कार्यक्रममा राष्ट्रीय लोक दोहोरी गायक मिलन गुरुङको साङ्गितिक प्रस्तुतीका साथै स्थानिय कलाकारहरुले गुरुङ गितमा नृत्य प्रस्तुत गरेका थिए । 

    जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षता र उपाध्यक्ष गंगा गुरुङको स्वागत तथा सचिव आशा गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    त्यसै गरि गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ बुटवल नगर समितिले पनि गुरुङहरुको महान पर्व सर्प्ही ल्हो (सर्प बर्ग) ३२२७७ औ तमु ल्होसार २०८१ बेलबास– १५ पहेले भित्तामा रहेको धार्मिक संस्था कोँहिबो धीँ प्राङ्गणमा बिबिध गुरुङ संस्कार, संस्कृती झल्किने साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गरेको छ ।