२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः तिवारी

मंगलवार , पौष १६, २०८१

भैरहवा, १६ पुस । भैरहवा सामुदायिक सिकाई केन्द्र सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीको १३ औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले पुनः सुरेन्द्र कुमार तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । केन्द्रको कोषाध्यक्षमा विन्दु कुमारी कर्ण, सदस्यमा मोहम्मद आयुब अन्सारी, शकुन्तला देवी कहार र सुरज गुरुङ रहेका छन् । 

सिकाई केन्द्रका संस्थापक सदस्य तथा प्रमुख सल्लाहकार श्रीराम गुप्ताको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

साधारण सभामा जनचेतना कार्यक्रम सञ्चालन गर्ने र सो को लागि सिद्धार्थनगर वडा नम्बर ६ वडा समितिमा अनुरोध गर्ने, विभिन्न संघ–संस्थाबाट कार्यक्रमहरु माग गरी सञ्चालन गर्ने, अभिभावक, शिक्षा तालिम सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत गरिएको थियो ।

साधारण सभा तथा अधिवेशन पश्चात संस्थाको बसेको बैठकले पदेन सदस्यमा सिद्धार्थनगर–६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, आमन्त्रित सदस्यमा समाजसेवी श्रीराम गुप्ता, स्थानीय विद्यालयको तर्फबाट कन्हई प्रसाद यादव र शिक्षा इकाई प्रतिनिधिकोतर्फबाट सिद्धार्थनगर शिक्षा शाखाका कृष्ण पोखरेललाई मनोनित गरिएको अध्यक्ष सुरेन्द्र कुमार तिवारीले बताए ।