२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा सञ्चालनमा आयो ‘अन्नपूर्ण हेरिटेज’

मंगलवार , पौष १६, २०८१

भैरहवा, १६ पुस । रुपन्देहीको भैरहवामा अन्नपूर्ण हेरिटेज रेष्टुरेण्ट एण्ड बैंक्वेट प्रा.लि. सञ्चालनमा आएको छ । एक करोड रुपैयाँको लगानीमा भैरहवास्थित बर्मेलीटोलमा सञ्चालनमा आएको अन्नपूर्ण हेरिटेजको सोमबार संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सातजनाको संयुक्त लगानीमा रेष्टुरेण्ट तथा बैंक्वेट सञ्चालनमा आएको अन्नपूर्ण हेरिटेज रेष्टुरेण्ट एण्ड बैंक्वेट प्रा.लि.का प्रबन्ध निर्देशक (एम.डी.) सन्दिप नाथ गोंगलले बताए । ‘आन्तरिक राजस्व कार्यालय भैरहवा जाने सडक (बर्मेलीटोलमा) सञ्चालनमा आएको अन्नपूर्ण हेरिटेजमा स्वस्थकर खानेकुरा उपलब्ध छ’उनले भने, ‘चाईनिज, कन्टीनेन्टल र नेपाली खानालाई प्राथमिकता दिएका छौं । सेमिनार हलको व्यवस्था छ । यहाँ वैवाहिक समारोह, पाटी गर्नुका साथै जन्मदिन र वैवाहिक वर्षगाठ मनाउन सकिन्छ ।’

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा होटलहरु सञ्चालनमा आउँदा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र यसले आर्थिक गतिविधि चलायमान हुने अन्नपूर्ण हेरिटेजको उद्घाटन कार्यक्रममा सहभागी लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले बताए ।

IMG_0399.JPG