२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा छाडा गोरुको आक्रमणमा परी ८५ वर्षिय वृद्ध घाइते

बुधवार , पौष १७, २०८१

भैरहवा, १७ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शान्तिकुन्जका ८५ वर्षिय एक वृद्ध सडकमा छाडा रुपमा छाडिएका गोरुको आक्रमणबाट घाइते भएका छन् । बिहान ११ बजे घरको गेटबाट बाहिर निस्कने क्रममा शान्तिकुन्ज पथका ८५ वर्षिय भुवनेश्वर भण्डारी छाडा गोरुको आक्रमणमा परी घाइते भएका हुन् । 

घरबाट बाहिर निस्कने बेला गोरुले आक्रमण गर्दा भण्डारीको हात र खट्टामा गहिरो चोट लागेको उनका छोरा गंगाधर भण्डारीले जानकारी दिए । गंगाधरका अनुसार गोरुको सिंगले बुबालाई लछारपछार गरेको थियो । जसले गर्दा हात र खुट्टामा लछारपछार गर्दा गहिरो चोट लागेको छ । घाइते बुबाको बुटवलस्थित मेडिटेक अस्पतालमा उपचार भइरहेको छोरा गंगाधरले जानकारी दिए। 

तिलोत्तमामा छाडा चौपायाको व्यवस्थापन हुन नसक्दा सडक दुर्घटनामा वृद्धि भएका छन् । स्थानीय सरकारले छाडा चौपायाको व्यवस्थापनमा विशेष रुपमा ध्यान पुर्याउन स्थानीयले तिलोत्तमा नगरपालिकासँग माग गरेका छन् ।