२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स बुटवल क्षितिजद्वारा स्वास्थ्य सचेतना तथा निःशुल्क दन्त शिविर

बिहिवार , पौष १८, २०८१

भैरहवा, १८ पुस । लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित  साइनिङ स्टार बोर्डिङ स्कूलमा नाक, कान तथा घाटी सम्बन्धी स्वास्थ्य सचेतना तथा निःशुल्क दन्त शिविर कार्यक्रम गरेको छ । साइनिङ स्टारमा कक्षा ९ र १० मा अध्ययनरत करिब ६२ जना विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना र विद्यालयमा अध्ययनरत करिब ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको क्लबले जनाएको छ । नाक, कान तथा घाटी तथा थाइराइड रोग विशेषज्ञ डा. सरोज चापागाईंको सहजीकरणमा स्वास्थ्य सचेतना र श्रीशा डेन्टल केयर बुटवलको सहयोगमा दन्त शिविर गरिएको हो । 

विद्यार्थीहरुमा हुन सक्ने नाक, कान, घाटीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना र मुख स्वास्थलाई मध्यनजर गर्दै दन्त शिविरको आयोजना गरिएको क्लबले जनाएको छ । शिविरमार्फत करिब ४ सय जनाको दाँत परीक्षण गरी ५० जना विद्यार्थीहरुको दाँत फाल्ने कार्य समेत भएको क्लबका अध्यक्ष आबिस्कार खनालले बताए ।  

लायन्स बुटवल क्षितिजका प्रथम उपाध्यक्ष डा. श्री खरेलको अध्यक्षता, लायन्स डिष्ट्रिक ३२५ पी, का प्रथम भाइस डिष्ट्रिक गभर्नर (भीडीजी) बालाराम भट्टराईको  प्रमुख आतिथ्यता तथा साइनिङ स्टार बोर्डिङ स्कूलका प्राचार्य रुक्मांगत गैरेको विशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा डा. सरोज चापागाईं, लायन्स क्षितिजका पूर्वअध्यक्षहरु नारायण थापा, पवन लाकौल, लोकेन्द्र लिम्बु, रिजन चिफ बैकुण्ठ श्रेष्ठ, क्लबका निवर्तमान अध्यक्ष धुर्व कुमार शर्मा, तृतीय उपाध्यक्ष गुप्त पुन, क्लबका शिक्षा संयोजक एवं कार्यक्रम संयोजक शम्भु पाण्डे, टेमर प्रविन अर्याल लगायतका पदाधिकारी एवं सदस्यहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता थियो । 

WhatsApp Image 2025-01-01 at 4.32.26 PM (1).jpeg

कार्यक्रमका प्रमुख बालाराम भट्टराईले लायन्स क्लब अफ बुटवल क्षितिजले निरन्तर कार्यक्रमहरु गर्दै आएको बताए । उनले विद्यालयस्तरमा गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुको स्वास्थ संवेदनशीलता, स्वास्थ्य परीक्षणसँगै विद्यार्थीहरुमा लायन्सले गर्ने सामाजिक कार्यहरुको बारेमा जानकारी हुने बताए । 

विशिष्ट अतिथि रुक्मांगत गैरेले विद्यालयमा क्लबले गरेको कार्यक्रम निकै महत्वपूर्ण भएको भन्दै लायन्स क्लब अफ बुटवल क्षितिजलाइ धन्यवाद व्यक्त गरे ।

लायन्स क्लब अफ बुटवल क्षितिजका निबर्तमान अध्यक्ष धुर्व कुमार शर्माले लायन्स र लियोको महत्वबारे प्रकाश पार्दै विद्यालयमा लियो गठनका लागि पनि आग्रह गरे ।
क्लबका तृतीय उपाध्यक्ष गुप्त पुनको स्वागत तथा क्लबका शिक्षा संयोजक एवं कार्यक्रम संयोजक शम्भु पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो  ।