२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

२ सय ८३ स्थानीय तहलाई प्रदेशसँग जोड्ने सडक सञ्जालको प्रधानमन्त्री ओलीले शुभारम्भ गर्दै 

आइतवार , चैत्र १, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, १ चैत्र।

    सरकारले हालसम्म नजोडिएका स्थानीय तहलाई प्रदेशको राजधानीसँग जोड्न सडक सञ्जाल निर्माण गर्ने भएको छ। हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका २ सय ८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिने जनाइएको छ। 

    स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारको संयुक्त लगानीमा निर्माण हुने सो सडक सन्जाल आगामी ५ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष राखिएको स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वर माथेमाले बताएका छन्। सडक सन्जालका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा स्वीच अन गरी सो कार्यक्रमको शुभारम्भ गर्दैछन्। प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सडक निर्माणको कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हने महानिर्देशक माथेमाले जानकारी गराएका छन्।