२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ठूला दल मिलेर बनाएको सरकारले सकारात्मक सन्देश दिन सकेन : उपेन्द्र यादव

बिहिवार , पौष १८, २०८१

बाँके, १८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बने पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् । अवधि पत्रकार संघ नेपालले बिहीबार बाँकेको नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भए पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।

नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनले बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरुले धेरै अघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।

विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानून बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखे ।