२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पक्लिहवा माविमा निःशुल्क कपाल काट्ने कार्यक्रम

बिहिवार , पौष १८, २०८१

भैरहवा, १८ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा विद्यार्थीहरुको निःशुल्क कपाल काट्ने कार्यक्रम भएको छ । श्री युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले गाउँघरका विपन्न परिवारका विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने बताए । उनले कार्यक्रमले विद्यालयको अनुशासन कायम राख्नमा टेवा पुग्ने भएकोले यसको निरन्तरतामा जोड दिए ।

कार्यक्रमबाट छात्रतर्फ ५७ र छात्रातर्फ १ गरी कुल ५८ जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

विद्यालयका शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा भएका कार्यक्रममा शिक्षक प्रकाश भुर्तेल, बासु घिमिरे, जे.पी.मिश्रा, राजकुमार लोध तथा युनिसेक्स सेलुनकातर्फबाट श्रृजना कुमारी बानिया, सफिक खान, शशिकला कुमारी लोध, निलम चौधरी लगायतको उपस्थिति रहेको थियो ।