२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रुपन्देहीमा कटुवा पेस्तोलसहित तीनजना पक्राउ

आइतवार , चैत्र १, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १ चैत ।  रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार जिल्लाको मर्चवारी गाउँपालिका–७ कञ्चनपुरस्थित प्रहरी चौकी पाण्डे पिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र प्रहरी बीओपी पुर्नीकोटबाट २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले गोली नभएको पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयाका २४ वर्षिय सुरज हरिजन, सोही स्थानका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई–७ भुन्डिहवाका २६ वर्षिय सकिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।

    शंका लागेपछि युपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल फेला परेकोले उक्त हतियारसहित तीनै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।