२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा–६ मा ‘वडाअध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’

शुक्रवार , पौष १९, २०८१

तिलोत्तमा, १९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको ‘वडाअध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यक्रम अन्तर्गत वडा नम्बर ६ गीता मन्दिर भवनमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले वडा नम्बर ६ ले गरेको सराहनीय कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा सबै वडामा यस्तो खालको परीक्षण सेवा विस्तार गरिने बताए । नगरप्रमुख खाणले जेष्ठ नागरिकको सम्मानमा उहाँहरुको दीर्घायुका लागि वडाले यस्तो कदम चालेको समेत बताए ।

स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई निःशुल्क औंषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जेष्ठ नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए ।

शिविरमा कबि ५० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको तिलोत्तमा नगरपालिका आनन्दवन स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य शाखा अधिकृत राम प्रसाद चुंदालीले जानकारी दिए । उनका अनुसार  शिविरमा ६८ वर्षमाथि उमेरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा सुगर, प्रेसर, दम, पिसाब, ईसीजी जस्ता रोगहरुको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य सेवा लिन आएकामध्ये धेरैजसो मधुमेह, उच्च रक्तचाप र दमका बिरामीहरु रहेको आनन्दवन स्वास्थ्य चौकीका इञ्चार्ज स्वास्थ्य शाखा अधिकृत चुंदालीले जानकारी गदिए ।

त्यस्तै वडा सदस्य पूर्ण प्रसाद आचार्य संजयले जेष्ठ नागरिकहरुको लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताए । शिविरमा वरिष्ठ फिजिसियन डा. कृष्ण चन्द्र गोदार, वडा सदस्य सीता गौतम, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्री, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे लगायतले स्वास्थ्य सेवाका विषयमा भनाइ राखेका थिए । परीक्षणपश्चात ज्येष्ठ नागरिकलाई औषधि समेत निःशुल्क प्रदान गरिएको थियो ।