२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मैनहियालाई

शनिवार , पौष २०, २०८१

भैरहवा, २० पुस । रुपन्देहीको सियारी गाउँपालिकामा सम्पन्न राष्ट्रपति पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८१को उपाधि मैनहिया माध्यमिक विद्यालयले जितेको छ । सियारी–४ स्थित पब्लिक माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा मैनहिया मावि ८ वटा विधामा प्रथम, २ वटा विधामा द्वितीय तथा ४ वटा विधामा चौथो हुँदै प्रतियोगिताको उपाधि उचालेको हो । 

मैनहिया मावितर्फ पनि प्रथम भएको छ । मावितर्फ मैनहियाले ७ विधामा प्रथम, २ वटा विधामा द्वितीय र २ वटा विधामा तृतीय भएको छ । मैनहियाले १७ हजार ५ नगदसहित शिल्ड तथा कप प्राप्त गरेको छ । 

त्यस्तै आधारभूत तहतर्फ गड्सारी र देर्गादेवी उत्कृष्ट भएका छन् । उनीहरुले समान अंक ल्याएका छन् । दुवै विद्यालयले दुईवटा विधामा प्रथम र एउटा विधामा द्वितीय भएका छन् । उनीहरुले नगद र कप प्राप्त गरेका छन् । 

रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विजयी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख सुधीर पौडेल, गोपाल ज्ञवाली लगायतले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

WhatsApp Image 2025-01-03 at 6.35.47 PM.jpeg