२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको अध्यक्षमा पुन: विनोद पहाडी

आइतवार , चैत्र १, २०७७

बुटवल, १ चैत । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट विनोद पहाडी पुनः  अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ पत्रकार, तत्कालिन संविधानसभा सदस्य तथा अधिकारकर्मी समेत रहेका पहाडी राष्ट्रिय दलित पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।

संघका अन्य पदाधिकारीहरुमा गोपाल बराइली वरिष्ठ उपाध्यक्ष, मिलन परियार उपाध्यक्ष, कमला रसाईली महिला उपाध्यक्ष, प्रदेश उपाध्यक्षमा १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, बाग्मती प्रदेशबाट बुद्धि विश्वकर्मा, गण्डकी प्रदेशबाट दीपक परियार, लुम्बिनी प्रदेशबाट विनोद परियार, सुदुरपश्चिमबाट टेकेन्द्र विश्वकर्मा र कर्णालीबाट करण ताम्राकार निर्वाचित भएका छन् । साथै लक्ष्मण दर्नाल महासचिवमा र भिम परियार कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैं गरी सचिवमा सन्तोष गन्धर्व, बिरु नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी, निर्वाचित भएका छन् भने सदस्यहरुमा फुलु सुनार, सञ्जय सौगात र राधेश्याम विश्वकर्मा,सावित्री रसाईली लगायत निर्वाचित भएका छन् ।