२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी फ्रेन्डस् सर्कलको प्रथम अधिवेशन, अध्यक्षमा न्यौपाने

आइतवार , पौष २१, २०८१

  • 652
    Shares
  • 652
    Shares
  • तिलोत्तमा, २१ पुस । ‘आफू भन्दा कम भाग्यशालीको सेवा गरौं’ भन्ने मूल नाराका साथ स्थापना गरिएको संस्था लुम्बिनी फ्रेन्डस् सर्कलको प्रथम अधिवेशन सम्पन्न भएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागि साथै गाँस, बास, कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकारको प्राप्त गर्नका लागि प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी फ्रेन्डस् सर्कलले आफ्नो दुईवर्षे कार्यकाल पूर्णरुपमा सफल बनाई संस्थाको प्रथम अधिवेशन सम्पन्न गरेको हो ।

    सर्कलका अध्यक्ष पदम न्यौपानेको अध्यक्षता एवं लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा तिलोत्तमामा भएको अधिवेशनमा यस क्षेत्रका विभिन्न युवा, समाजसेवी तथा बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो ।

    सो अवसरमा बोल्दै मन्त्री कार्कीले युवाहरुले आफ्नो पेशा अंगाल्दै सामाजिक सेवाप्रति देखाएको लगावले समाज परिवर्तनमा सहयोग पुग्ने बताए । उनले आजको युवा राजनीतिक नेतृत्व र सामाजिक विकासको साझेदार भएकाले युवाहरु समाजमा एकजुट भए जस्तोसुकै विकास निर्माणका काम गर्न सकिने समेत बताए । कार्यक्रमममा सचिव अर्जुन खनालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पदम न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    अघिल्लो कार्यकालको आय–व्यय कोषाध्यक्ष बिपिन भण्डारीले संस्थामा आर्थिक चलायमान गराउन आफूहरु लागिपरेको र सामाजिक सेवामा अग्रसर  भएको उल्लेख गरे । सो अवसरमा उपस्थित महानुभावलाई स्वागत गर्दै सर्कलका सल्लाहकार टीआर कंडेलले युवाहरुको सहभागीतामा समाजसेवामा अग्रसर भइ नेपालमा भएका कयौं विपदका बेला सहयोगी भएर काम गरेको बताए ।  

    अधिवेशनले आगामी कार्यकालको लागि पुन: पदम न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र जंग कुँवर, सचिव अर्जुन खनाल, सह–सचिवमा विशाल भण्डारी र कोषाध्यक्षमा कमल श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा राम प्रसाद भण्डारी, विष्णु प्रसाद पन्त, सुवास भण्डारी, राजेश ओझा, विवेक भण्डारी र सुदन ज्ञवाली रहेका छन् । आगामी दिनमा लुम्बिनी फ्रेन्डस सर्कललाई हरेक पालिका र जिल्लाहरुमा विस्तार गर्दै लैजाने अध्यक्ष न्यौपानेले बताए । सो अवसरमा अघिल्लो कार्यसमितिमा सहयोग गर्ने सबै युवाहरुलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

    IMG_9802.JPG