२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

देवदह–१० मा राप्रपाको वडा समिति पुनर्गठन, अध्यक्षमा पुन

आइतवार , पौष २१, २०८१

  • 961
    Shares
  • 961
    Shares
  • भैरहवा, २१ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भूगोल केन्द्रित कार्यक्रम अन्तर्गत वडा समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । राप्रपा देवदह कार्यसमिति, रुपन्देहीको आयोजनामा शनिबार वडा नम्बर १० को वडा समिति पुनर्गठन गरिएको हो ।

    वडा नम्बर १० मा जस कुमार पुनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको राप्रपा देवदहले जनाएको छ । जसको उपाध्यक्षमा विष्णु गाहा, प्रतिभा राना, कोषाध्यक्षमा कमल न्यौपाने, सचिवमा जानकी मल्ल र सह–सचिवमा तारापति भण्डारी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दुर्गा बहादुर सिंह, वीर बहादुर शेरचन, ऋषि अधिकारी, पूर्ण बहादुर चौधरी, राजेन्द्र तिवारी, कृष्ण आले, तारापति भण्डारी, अनिता थापा, प्रेमादेवी तिवारी, सावित्रा भट्टराई, दुर्गा भण्डारी, निरु न्यौपाने, यम कुमार आले, गोविन्द ढकाल, तोयानाथ लम्साल, श्रीराम घिमिरे र रवि राना रहेको नगर अध्यक्ष माधव रिमालले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य तोया नाथ लम्सालले गर्वका साथ आफूलाई राप्रपाको सदस्य भन्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले मुलुकमा हिन्दू राष्ट्र स्थापनाका लागि राप्रपालाई बहुमतका साथ जिताउनुपर्नेमा जोड दिए । ‘नेपालमा विभिन्न धर्मावलम्बीहरु हुनुहुन्छ’ उनले भने, हामी सबै धर्मलाई सम्मान गर्छौं । मुलुकमा राजसंस्था आवश्यक छ । ’केन्द्रीय सदस्य लम्सालले मुलुकमा भ्रष्टाचार बढेको भन्दै चिन्ता व्यक्त गरे । 

    कार्यक्रममा राप्रपा जिल्ला सह–सचिव शंकर खत्री, क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष सीताराम सिंह, क्षेत्रीय उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन महासचिव कमल चापागाईं लगायतको उपस्थिति थियो ।

    WhatsApp Image 2025-01-04 at 4.59.06 PM (3).jpeg