
आइतवार , पौष २१, २०८१
भैरहवा, २१ पुस । साई ग्लोबल एकेडेमी सिद्धार्थनगर नगरपालिका–८ बसडिलवा, रुपन्देहीको आयोजनामा वार्षिक खेल सप्ताह (स्पोटर्स मीट–२०८१) कार्यक्रम सुरु भएको छ । खेल सप्ताह तीन दशमलव पाँच किलोमीटरको म्याराथन दौड प्रतियोगिताबाट सुरू गरिएको हो ।
भैरहवास्थित लुम्बिनी गेटबाट सुरु भएको प्रतियोगिता नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोक हुँदै सिद्धार्थ रंगशालामा पुगेर समापन भएको विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको आइतबार बिहान जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले उद्घाटन गरेका हुन् ।
विद्यार्थीको शैक्षिक उपलब्धीका साथै खेलकुद तथा स्वास्थ्यलाई पनि मध्यनजर गर्दै हरेक वर्ष खेल सप्ताह कार्यक्रम गर्दै आएको साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यले बताए ।
विद्यालयले शैक्षिक मात्र भएर अतिरिक्त क्रियाकलापका साथै खेलकुद र व्यवहारिक शिक्षामा जोड दिएको विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले बताए ।
विद्यालयका शिक्षक सुरज घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, पूर्वअध्यक्ष गोकुल पोखरेल, रूपन्देही क्रिकेट संघका कार्यबाकक अध्यक्ष धिरज अधिकारी क्षेत्री, साई ग्लोबल एकेडेमीका सञ्चालक समिति सस्य महेश भुर्तेल, कृष्ण मोहन कोहार, बिहानी समूहका संयोजक प्रकाश पाण्डे लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ शैलेन्द्र यादव प्रथम, राकेश सहानी द्वितीय र धर्मेन्द्र राजभर तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ मिराइ खाक्य प्रथम, महिमा कुमारी चाई द्वितीय र सारा खातुतले तृतीय स्थान प्राप्त गरेको कार्यक्रम संयोजक तथा साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुलाई नगद रु. ३ हजार, द्वितीय हुनेलाई रु. २ हजार र तृतीयलाई रु. १ हजारसहित मेडल र शिल्ड पुरस्कार प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij