२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

जेसीआई सिद्धार्थ नेपालको अध्यक्षमा कुंवर

आइतवार , पौष २१, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २१ पुस । जेसीआई सिद्धार्थ नेपालको अध्यक्षमा अर्जुन कुंवर निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न ४९ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट कुंवर अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । जसको कार्यकारी उपाध्यक्षमा किसन कुमार पटवा, रमेश पन्त, उपाध्यक्षमा सिद्धान्त खनाल र अर्जुन क्षेत्री निर्वाचित भएका छन् । 
    त्यस्तै निर्देशकमा हिमबहादुर खत्री क्षेत्री, शम्भु नेपाल, संजोक थापा र रेमण्ड विश्वकर्मा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिए । अन्य बाँकी पदहरुमा भने पदस्थापनमा अध्यक्षले मनोनित गर्ने जेसीजको प्रचलन रहेको छ । 

    साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन र जेसीजको सहकार्यमा सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।उनले सवारी दुर्घटना, लागूऔषध, महिला तथा घरेलु हिंसाविरुद्ध लगायतका विषयमा सहकार्य गरेर समाज रुपान्तरणका लागि काम गर्न सकिने बताउँदै सकारात्मक सोचका साथ काम गर्न सबैलाई आग्रह गरे । 

    वअष लभउबि.jpg

     

    जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष संगिता आचार्य, प्रमुख निर्वाचन अधिकृत ओम कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, वरिष्ठ पत्रकार तथा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, लोकमणि भट्टराई, सार्दुल मयुर कसौधन लगायतलेसामाजिक कार्यमा सबै सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।