२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा पोख्रेल

आइतवार , पौष २१, २०८१

भैरहवा, २१ पुस । कर्मचारी मिलन केन्द्र रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा मञ्जु कुमारी जैसी ढकाल, सचिवमा विवेक घिमिरे, कोषाध्यक्षमा युवराज पौडेल र सह–सचिवमा सुमन पन्थी निर्वाचित भएका छन् । 

त्यसै गरी सदस्यहरुमा नविनकुमार घिमिरे, विक्रम थापा, खेम लम्साल, शिव कुमार पंगेनी, विष्णु वेल्वासे, लेखनाथ पोखरेल, सीता पोखरेल, सुरज न्यौपाने, नेत्र भुसाल र कल्पना अर्याल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।