२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

चिसो बढेपछि रुपन्देहीका तीन पालिकामा विद्यालय बिदा

आइतवार , पौष २१, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २१ पुस । चिसो बढेपछि रुपन्देहीको तीन स्थानीय तह (पालिका) ले विद्यालयमा जाडो बिदा दिएका छन् । सोमबारदेखि मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो । 

    सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । त्यस्तै कोटहीमाई गाउँपालिकाले पुस २२ देखि पुस २९ गतेसम्म विदा दिएको छ । 

    बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए । 

    सम्पूर्ण विद्यालयहरु माघ ३ गतेदेखि सञ्चालन हुने कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए ।

    विद्यालयमा बिदा दिइए पनि विद्यालयको प्रशासनिक काम÷काज खुल्ला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले बताए । 

    चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।