२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता

आइतवार , चैत्र १, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • नवलपरासी, १ चैत्र

    रामनगर जेसीज वर्ष २०२१ ले ७ औं वार्षिकोत्सब तथा स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । भैरहवा- भुमही सडक खण्डको सदरमुकाम परासी स्थित शान्तिचौरबाट सुरु भएको दौडमा भुमहीचोक सम्मको ६ किलोमीटर दुरी कायम गरिएको थियो ।158982703_859183318145617_2043903711020205448_n.jpg

    महिला १७ र पुरुष ७० गरि कुल ८७ जना सहभागी सो दौड प्रतियोगितामा पुरुष तर्फ गिरीलाल कोहारले १९:४३:०५ समयमा उक्त दुरि पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै हरि प्रसाद काफ्लेले २१:५९:९१ समयमा उक्त दुरि पार गर्दै दोस्रो स्थान हासिल गरे भने सन्देश क्षेत्रीले २२:११:४३ समयमा सो दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

    त्यस्तै महिला तर्फ सुमन चौधरीले २९:९३:५० समयमा ६ किलोमीटरको दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकि थिइन् । विपना परियारले ३१:१४:९६ समयमा उक्त दुरि पार गर्दै द्वितीय स्थान हासिल गरिन भने ममता परियारले ३१:१५:९७ समयमा सो दुरि पार्दै तृतीय स्थान हासिल गरिन ।

    बिजेताहरुलाई रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले नगद, शिल र प्रमाणपत्र प्रदान गरेका थिए ।