२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

श्रीवैष्णव परिषद् युएईको आयोजनामा एकदिवसीय श्रीमद्भागवत सार सारांश कथा

मंगलवार , पौष २३, २०८१

भैरहवा, २३ पुस । श्रीवैष्णव परिषद् युएईको आयोजनामा वृद्धाश्रम तथा गुरुकुलमा सहयोग र युएईमा रहेका नेपाली समुदायमाझ आध्यात्मिक भाव बढाउने उद्देश्यले आइतबार युएईस्थित बर दुबईमा एकदिवसीय श्रीमद्भागवत कथा सार सारांश सम्पन्न भएको छ । भगवान श्री बाल गोपाल एवं भगवान श्री जगन्नाथको सभापतित्वमा सुरु भएको कार्यक्रममा नेपालबाट आएका अनन्त विभूषित श्री श्री श्री आचार्य १००८ चक्रपाणि स्वामिजी महाराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको हा ।

कार्यक्रममा नेपालबाट आएका आमा लक्ष्मणा रामानुज दासी र खगेन्द्र रामानुज दासी विशिष्टकर्ताहरु, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल र श्रीबैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाको विशिस्ट आतिथ्यता रहेका थियो । 

त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार ओमप्रकाश न्यौपाने, विशेष सहयोगी संस्थाहरुका हिन्दू जागरण नेपाल युएई शाखाका अध्यक्ष भुमिराज कंडेल, सनातन गौ संरक्षण युएईका अध्यक्ष दया सागर दाहाल, नवलपुर सेवा समाजका अध्यक्ष गोपाल प्रसाद पराजुली, प्रवासी नेपाली एकता समाज युएईका अध्यक्ष निराजन खत्री र एनआरएन ए एन सीसी युएईकी प्रतिनिधि मन्जु मल्ल, देवदह समाज युएई अध्यक्ष रमेश न्यौपाने, नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण बहादुर ढकाल, समाजसेवीहरु र व्यवसायिक घरानाका भक्तहरु, युएईस्थित नेपाल सरकारको साँस्कृतिक दुत मनोज नेपाल लगायतको उपस्थिति रहेको थियो।

श्री स्वामिजी महाराजलाई नवकन्याहरुद्वारा र श्री बैष्णव परिषद् युएईका उपाध्यक्ष युवा पण्डित एवं युएईका प्रसिद्ध ज्योतिषी सम्पत कुमार न्यौपाने, महासचिव युवा पण्डित प्रदिप दाहाल र सचिव जोशी स्वामीजीहरुबाट स्वस्तिवाचनका साथस्वागत गरिएको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं परिषद् सदस्य श्री जे. सागर स्वामिजीले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण भक्त भागवतहरुलाई परिषद्की उपाध्यक्ष अन्जली भट्टराईले स्वागत गरेकी थिइन् ।

श्री स्वामीजी महाराजले श्रीमद्भागवतको सार सारांशमा कथाको रसपान गराउँदै सुमधुर भजनद्वारा भक्तहरुलाई मन्त्रमुग्ध बनाएका थिए । श्री स्वामिजी महाराजबाट भजन गाउँदा, हिन्दू जागरण युएईको भजन मण्डलीले संगीत मार्फत र स्वरमा साथ दिएका थिए । 

त्यसै गरी परिषद्का सचिव गणेश जोशी स्वामिजीबाट पनि कार्यक्रमको सुरुवातमा  सुमधुर भजन प्रस्तुत गरेर गरेका थिए ।

WhatsApp Image 2025-01-07 at 9.29.48 AM.jpeg

श्रीवैष्णव परिषद् युएईका सल्लाहकार प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य एवं धार्मिक अभियन्ता तोयानाथ लम्सालले सत्सङ्ग कार्यक्रम भव्यताका साथमा सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे ।

युएईमा रहेका सम्पूर्ण जिल्ला संस्थाहरुको विशेष सहयोग रहेको कार्यक्रमको अन्तिम चरणमा कार्यक्रम सफल पार्न आर्थिक रुपमा सहयोग गर्नुहुने कर्ताहरुलाई श्री स्वामीजी महाराजले प्रशंसापत्र, कलशसहित माला लगाएर सम्मान गरेका थिए । कार्यक्रम अवधिभर जल सेवा सुवास न्यौपाने र प्रसाद सेवा जय गुरुदेवबाट गरिएको थियो ।

WhatsApp Image 2025-01-07 at 9.29.46 AM (1).jpeg

WhatsApp Image 2025-01-07 at 9.29.47 AM (1).jpeg

कार्यक्रममा उपस्थित भक्तजनहरुले आगामी दिनमा पनि श्री स्वामीजीको मुखारबिन्दबाट युएईमा पुनः यस्तै कथावाचन जस्ता धार्मिक कार्यक्रम हुने अपेक्षा गरेको आयोजक श्रीवैष्णव परिषद् युएई अध्यक्ष मणिराम खतिवडाले बताए ।