२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीद्वारा ‘लाइभ आर्ट वर्कसप’

बुधवार , पौष २४, २०८१

भैरहवा, २४ पुस । नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्यसमिति रुपन्देहीले आफ्नो स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीमा लाइभ आर्ट वर्कसप गरेको छ ।

कार्यक्रमको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले गरेकी थिइन् । प्रमुख अतिथि उपप्रमुख हरिजनले संघको यो प्रयासको प्रशंसा गर्नि । उनले भनिन्, ‘आर्टिष्ट कलाकारहरू राष्ट्रका गहना हुन् । उहाँहरूको संरक्षण र प्रवर्द्धन हाम्रो प्राथमिकता हो । कला र संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ ।’ उनले लुम्बिनी क्षेत्रको कला–संस्कृति र पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्टिष्टहरूसँग सहकार्य गर्दै नगर सौन्दर्यकरण, कला–संस्कृतिको जर्गेना, र पर्यटन प्रवद्र्धनलाई थप सशक्त बनाउने योजनालाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उपप्रमुख हरिजनले नगरपालिकाले यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने र संघसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाइन् । उनले भनिन्, ‘आर्टिष्टहरूका योगदानले मात्र नगरको सौन्दर्य र पहिचान उजागर गर्न सकिन्छ । हामी यसमा कुनै कसर बाँकी राख्दैनौं ।’

9429e7ae-80a2-48b1-81b6-2abea96c1c76.jpeg

कार्यक्रम संयोजक तथा कला संस्कृति उपसमिति सदस्य गणेश घिमिरेले भने, ‘यो कार्यक्रम कला–संस्कृतिको जर्गेना, आर्टिष्ट कलाकारहरूको सम्बन्ध प्रगाढ बनाउने र लुम्बिनीलाई विश्व मञ्चमा थप प्रभावकारी रूपमा चिनाउन योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो ।’ घिमिरेले यस्ता गतिविधिहरूले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र लोप हुँदै गएका कला तथा कलाकारहरूको पुनर्जागरण गर्ने उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय सदस्य रवि घिमिरेले संघको सक्रियताप्रति खुशी व्यक्त गरे । उनले भने, ‘यस्तो प्रकारका कार्यक्रमहरूले स्थानीयस्तरमा लोप हुँदै गएका कलाकारहरूको पहिचान गर्ने मात्र नभइ उनीहरूलाई संरक्षण गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।’ उनले आर्ट वर्कसपलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै यसले कला–संस्कृति जोगाउन मात्र नभइ नगर सौन्दर्यकरण र पर्यटनको प्रवर्द्धनमा समेत ठूलो योगदान दिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहारले रुपन्देही जिल्लामा रहेका हजारौं कलाकारहरूलाई एकीकृत गरी कला क्षेत्रमा नयाँ उचाइ प्रदान गर्न आग्रह गरे । ‘रुपन्देही जिल्लामा ३० भन्दा बढी आर्ट पसलहरू संघसँग आबद्ध छन् । यिनको सक्रिय सहभागीताले मात्रै हामीले लक्ष्य हासिल गर्न सक्छौं, ’अध्यक्ष कोहारले भने । अध्यक्ष कोहारले सबै कलाकारहरूलाई एकजुट भइ काम गर्न आग्रह गरे । उनले भने, ‘सहकार्य र निरन्तरताले मात्र हामीले सिंगो कला क्षेत्रलाई उचाईमा पुर्‍याउन सक्छौं ।’

वर्कसपमा ३० भन्दा बढी कलाकारहरूको उपस्थिति रहेको थियो । सहभागी कलाकारहरूले बुद्धत्व झल्किने कलाकृतिहरू प्रस्तुत गरेर कार्यक्रममा रंग भरेका थिए । यी कलाकृतिहरूले लुम्बिनीको साँस्कृतिक धरोहरलाई झल्काउने काम गरे । संघले यस किसिमको गतिविधिलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताएको छ ।

कार्यक्रममा सहभागी कलाकारहरूले यस्ता कार्यक्रमहरूले आफूहरूलाई अझ प्रेरित बनाएको र आफ्नो सिर्जनशीलतामा निखार ल्याउने अवसर प्रदान गरेको बताएका छन् ।

77ccd46a-b654-43ee-935c-443d192bae5e.jpeg

संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमालको स्वागत मन्तव्य तथा सचिव बिशन गुरुङको सञ्चालनमा कार्यक्रम भएको थियो ।

9ec155a8-3e55-4066-9595-89c6690cd12e.jpeg

लुम्बिनीमा आयोजना गरिएको यो लाइभ आर्ट वर्कसपले स्थानीय तह, कलाकारहरू र संघ–संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको आयोजकको विश्वास छ । यो कार्यक्रमले लुम्बिनीको कला र संस्कृतिलाई मात्र नभइ पर्यटन प्रवर्द्धनमा पनि नयाँ सम्भावनाको ढोका खोलेको छ । स्थानीय सरकार र संघको सहकार्यले यस क्षेत्रको समृद्धिमा थप योगदान दिने अपेक्षा गरिएको छ ।