
बुधवार , पौष २४, २०८१
भैरहवा, २४ पुस । बीएमसी आईटी क्लबको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसको सहयोगमा रुपन्देही जिल्लास्तरीय ‘कोडिङ ओलम्पियाड’ हुने भएको छ । ‘क्रयाक द कोड’ भन्ने नाराका साथ २०८१ माघ ३ गते बिहीबार बिहान १० बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित भैरहवा बहुमुखी क्याम्पसमा प्रतियोगिता सुरु हुने स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार कार्यक्रममा सहभागी हुन दर्ता शुल्क वापत रु. ५ सय तोकिएको छ ।
‘
रुपन्देही जिल्लाभरीका विद्यार्थीहरुका लागि कोडिङ ओलम्पियाड’ आयोजना गर्दैछौं । भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई यो प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क लाग्दैन, ’उनले भने । उनले भैरहवामा सम्भवत प्रथमपटक यो प्रतियोगिता हुन लागेको बताए । यो प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने न्यौपानेले विश्वास व्यक्त गरे।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १६ हजार, दोस्रो हुनेलाई रु. ८ हजार र तेस्रोलाई रु. ४ हजार पुरस्कार प्रदान गरिने आयोजक बीएमसी आईटी क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij