२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

रुपन्देहीमा चिसो बढ्यो, अधिकांश पालिकाद्वारा विद्यालय बन्द गर्न आग्रह

बुधवार , पौष २४, २०८१

  • 655
    Shares
  • 655
    Shares
  • भैरहवा, २४ पुस । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढ्दै गएको छ । गत सोमबार चर्को घाम लागेको रुपन्देहीमा मंगलबारदेखि अत्यधिक चिसो बढेको हो । चिसो बढेपछि रुपन्देहीको जनजीवन कष्टकर बनेको छ । जिल्लामा चिसो बढेपछि रुपन्देहीका अधिकांश पालिकाले विद्यालय बन्द गर्न आग्रह गरेका छन् ।

    विद्यालय जाने बालबालिकालाई समस्या हुने भन्दै उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

    रुपन्देहीमा चिसो हावासहित शितलहर चलेको छ । शितले सडक पुरै भिजेको छ भने सडकमा यातायातका साधन न्यून संख्यामा गुडेका छन् । चिसोका कारण मजदूरी गरेर जीविको चलाउनेहरुलाई बढी समस्या परेको छ ।

    शितलहरसहितको चिसोका कारण अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्किन सकिरहेका छैनन् । सर्वसाधारणले कतिपय ठाउँमा आगो बालेर चिसो भगाउने प्रयास गरिरहेका छन् ।

    WhatsApp Image 2025-01-08 at 9.55.51 PM.jpeg

    चिसो अत्यधिक बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्षमाथिका र अति अशक्त नागरिकलाई कम्मल वितरण गरेको छ ।

    WhatsApp Image 2025-01-08 at 9.55.59 PM.jpeg

    सियारीले सबैजसो वडामा कम्मल वितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि हिजो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको थियो ।