
बुधवार , पौष २४, २०८१
भैरहवा, २४ पुस । रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले तीनसय जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । बुधबार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी कम्बल वितरण गरिएको वडा सदस्य जुद्ध प्रकाश चौधरीले बताए । कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको चौधरीले जानकारी दिए ।
अहिले शीतलहर चलिरहेको तथा बढ्दै गएको चिसोबाट जोगिन जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । ‘चिसोबाट सबैभन्दा बढी वृद्धवृद्धा तथा बालबालिकाहरु प्रभावित हुने भएकोले पहिलो चरणमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका हौं, उनले भने, ‘बजेट हेरी अन्य व्यक्तित्वलाई पनि कम्बल वितरण गर्छौं ।’
वडा कार्यालयले अहिले अत्यधिक चिसो रहेकोले यसबाट जोगिन सबै वडासबासीलाई अनुरोध गरेको छ । शीतलहर, हुस्सुका कारण मानवीय तथा धनजनको क्षति हुने भएकोले शीतलहर तथा हुस्सुबाट बच्नको लागि समयमै सचेत रहन सबै बडावासीलाई अनुरोध गरेको हो ।
वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा भएको कम्बल वितरण कार्यक्रममा वडाअध्यक्ष क्षेत्री, वडा सदस्यहरु जुद्ध प्रकाश चौधरी, नेम बहादुर घर्ती, कविता देवी गौड, बेचनी पासी तथा कर्मचारीहरु कृष्ण मोहन यादव, रामवचन कहार, अनिल चौधरी, श्वेता विश्वकर्माले सहयोग गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij