२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो सिद्धार्थनगर गौतमबुद्धद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण

बिहिवार , पौष २५, २०८१

भैरहवा, २५ पुस । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । बुधबार रुपन्देहीको देवदह नगरपालिका–६ शरणबारीस्थित श्री कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५५ सेट फूल सेट ट्रयाक सुट वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए । 

‘जाडो महिनामा विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा पुगेर कार्यक्रम गरेका हौं, ’उनले भने । आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने ट्रयाक सुट वितरण कार्यक्रमका संयोजक अभिषेक सापकोटाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले महत्वपूर्ण कार्य गरेको भन्दै क्लबको प्रशंसा गरे ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, लियो डिष्ट्रिक प्रेसिडेन्ट श्रद्धा कुंवर, देवदह नगरपालिका–६ का वडाअध्यक्ष खेम बहादुर थापा मगर लगायतले बोलेका थिए ।