२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्छ :मन्त्री भट्टराई

बिहिवार , पौष २५, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • काठमाडौं , २५ पुस ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी  छन् । 

    शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन बिश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रीत गरेको तर आफुले केहि पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर गरिन । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरुले निर्वाह गर्नुपर्ने उनले बताइन्।

    मन्त्री भट्टराईले कक्षा १० को परिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्रण गर्ने तयारी भइरहेको जानकारी दिइन्। नजितालाई सुधार गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ । उनले १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने बताइन् ।  मन्त्री भट्टराईले छात्रवृतिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित बर्गसम्म पुराउने बताइन ।  उनले शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग हुने भएकाले संघ लगाएत प्रदेश र स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि बजेट बढाउनुपर्ने जिकिर गरिन ।


    मन्त्री भट्टराईले क्यालेन्डर अनुसार काम भइरहेको र कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन । उनले यसअघि बिशेषपरिस्थीतिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरु अहिलेको अवस्थामा आवश्यक नरहेको बताइन् ।