
बिहिवार , पौष २५, २०८१
भैरहवा, २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य र विद्यालय सहायक (लेखापाल) लाई नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार र लेखापाल सुरेश गुप्तालाई बुधबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
प्रवक्ता घिमिरेका अनुसार सदस्य कहार र गुप्ताले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेका थिए ।
सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु. ६५ हजार घुस लिइरहेको अवस्थामा उक्त रकमसहित दुईजनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij