२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नेपाली राजदुतावास युएईद्वारा आचार्य श्री चक्रपाणीलाई सम्मान

बिहिवार , पौष २५, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २५ पुस । नेपाली राजदुतावास युएईले आचार्य श्री चक्रपाणी स्वामीजीलाई सम्मान गरेको छ । युएईका लागि नेपालका राजदुत तेज बहादुर क्षेत्रीले बिहीबार एक कार्यक्रमकाबीच स्वामीजीलाई युएईमा सम्मान गरेका हुन् ।

    श्रीवैष्णव परिषद् युएईले वृद्धाश्रम साथै गुरुकुलहरुमा सहयोग र युएईमा रहेका नेपाली समुदायमाझ आध्यात्मिक भाव बढाउने उद्देश्यले युएईस्थित बर दुबईमा जनवरी ५ तारिखमा एकदिवसीय श्रीमद्भागवत कथा सार सारांश आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालबाट आएका अनन्त श्री बिभूषित आचार्य श्री १००८ चक्रपाणी स्वामीजी महाराजलाई राजदुत क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । आचार्य श्री चक्रपाणीले पनि राजदुत क्षेत्रीलाई पनि मायाको चिनो दिइ उनको प्रशंसा गरेका थिए । 

    WhatsApp Image 2025-01-09 at 4.35.52 PM.jpeg

    अबुधाबीस्थित नेपाली राजदुतावासमा आयोजित सम्मान कार्यक्रममा श्रीवैष्णव परिषद् युएईको तर्फबाट सल्लाहकार प्रमुख एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य तोयानाथ लम्साल, श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडा, उपाध्यक्ष सम्पत कुमार न्यौपाने, महासचिव  प्रदीप दाहाल, सचिव गणेश जोशी, एकदिवसीय श्रीमद्भागवत कथा सार सारांश सम्पन्न गर्न मुख्य भूमिका निर्वाह गर्ने कृष्ण प्रसाद भट्टराईकी पत्नी सुशीला भट्टराई, कलाधर कंडेल लगायतको उपस्थिति थियो । 

    WhatsApp Image 2025-01-09 at 4.35.53 PM.jpeg

    यस्तो किसिमको धार्मिक कार्यले युएईमा रहनुहुने सम्पुर्ण धर्मानुरागीहरुबीच आध्यात्मिक उर्जा बढाउने राजदुत क्षेत्रीले विश्वास व्यक्त गरे ।