२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका ४ निर्णय

बिहिवार , पौष २५, २०८१

  • 808
    Shares
  • 808
    Shares
  •  

    देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधन सम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।
     
    त्यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्बन्धि विषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँचवर्षे कार्यकालका लागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो ।