२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेशस्तरीय छनोट खेल खेल्न जान लागेको रूपन्देहीको महिला क्रिकेट टीमलाई विदाई

बिहिवार , पौष २५, २०८१

भैरहवा, २५ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देहीको टीम दाङको लमहीतर्फ प्रस्थान गरेको छ । लुम्बिनी प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देही क्रिकेट संघले जिल्लास्तरीय टीम छनोट गरेको थियो ।

बिहीबार छनोट खेल खेल्ने जाने जिल्लाको टीमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, कोषाध्यक्ष निरज प्रताप खाण, संघका पदाधिकारी तथा सदस्य र प्रशिक्षकले विदाई गरे ।

महिला खेलाडीलाई विदाई गर्दै उनीहरुले सफलता शुभकामना व्यक्त गरे । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आगामी महिना धनगढीमा हुँदैछ । लमहीमा लुम्बिनी प्रदेशका सबै जिल्लाका टीमबीच प्रतिष्पर्धा गराइ त्यसबाट उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइनेछ ।

रुपन्देही जिल्लाको टीममा सरु तिवारी (कप्तान), श्रुति बुद्धथोकी (विकेटकिपर), कृति अधिकारी, अन्जी पाठक, सन्ध्या चापागाईं, कविता खड्का, आँचल मगर, सीमा थापा, ममता जी.सी., विपना खत्री, आराध्या अर्याल, सलिना नेपाली, आबिदा पठान र मनिता नेपाली छन् । यस्तै, अतिरिक्त खेलाडीहरूमा अंकिता यादव, सुहानी कुमारी अग्रहरी, बन्दना गौतम र अनुष्का शाही रहेको संघका कार्यबाहक अध्यक्ष क्षेत्रीले जानकारी दिए ।