
शुक्रवार , पौष २६, २०८१
भैरहवा, २६ पुस । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसँगै स्थानिय पालिकाहरुले न्यानो कपडा वितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्यधिक चिसो बढेको छ । चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य पालिकाहरुले पनि न्यानो कपडा वितरणलाई प्रभावकारी बनाएका छन् ।
चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकको घरदैलोमा पुगेर न्यानो कपडावापत कम्बल वितरण गरेको छ ।
चिसो बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ वर्षमाथिका र अति अशक्त नागरिकलाई कम्बल वितरण गरेको छ । सियारीले सबैजसो बडामा कम्मल वितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
चिसोका कारण मजदूरी गरेर जीविको चलाउनेहरु, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कम गुडेका छन् भने नागरिक पनि कम मात्रामा घरबाहिर निस्किएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij