२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

जलपंक्षी संरक्षण गर्न राष्ट्रिय गोष्ठी

आइतवार , चैत्र १, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • लुम्बिनी। जलपंक्षी गणनामा सहभागी स्थानीय संयोजक चराविद् तथा चरा संरक्षण सम्बन्धी कटिबद्ध संस्थाका प्रतिनिधिहरूको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठी सोमवारबाट लुम्बिनीमा सुरु हुने भएकोछ। सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमा र सन् २०१२ मा दोस्रो गोष्ठी सौराहा, चितवनमा गरिएको थियो।

    जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नया नया तरिका, प्रविधि र योजनाबारे जानकारी दिईने कार्यक्रम छ। नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपंक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा हुने कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताकाबारे पनि निचोड निकालिने बताईएको छ।
     
    त्यस्तै नेपालमा सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणकालागि गर्नु पर्ने कामकाबारे पनि स्थान विशेषको बारे अन्तक्र्र्रिया हुने बताईएकोछ। त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि छलफल गरिने छ। जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनकालागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिईने छ। 

    दुई दिनसम्म हुने गोष्ठीमा कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दांङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद् रहेको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए।

    कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्याण्ड ईन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणकालागि गर्नु पर्ने कामबारे जानकारी दिनुहुनेछ।