
शुक्रवार , पौष २६, २०८१
भैरहवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा रहेको विनयी पुल भाँचिएको छ । पुल भाँचिदा पुर्व पश्चिम राजमार्ग हुदै चल्ने सवारी आवागमन ठप्प भएको छ ।
अत्यधिक भारसहितको भारतीय मालवाहक ट्रकले पुलमा ठक्कर दिदा पुल भाँचिएको प्रहरीले जनाएको छ । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।
जीर्ण अबस्थामा रहेको पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।
विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो ।
डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij