२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

पिन कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी

शुक्रवार , पौष २६, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • भैरहवा, २६ पुस । प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन, नेपाल (पिन) कपिलवस्तु जिल्लाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनले ई. विवेक पन्थीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा ई. सुनिल केसी, सचिवमा ई. सुरज घिमिरे, कोषाध्यक्षमा ई. विशाल गैरे र सह–सचिवमा कुशल घिमिरे रहेका छन् । सदस्यहरुमा ई. सविता थापा, ई. सुनिल श्रेष्ठ, ई. किशान प्रसाद गैरे, ई. केशव पौडेल, ई. पवन अग्रहरी र ई. राम विलास थारु रहेका छन् ।

    अधिवेशनको पिनका केन्द्रीय सचिवालय सदस्य, लुम्बिनी प्रदेश सह–इञ्चार्ज तथा लुम्बिनी प्रदेश सरकारका पूर्वाधार विज्ञ ई. जीवन अर्यालले उद्घाटन गरेका थिए । अधिवेशनमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले प्रदेश कमिटी सदस्य तथा बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, पिन प्रदेश अध्यक्ष दीपक भट्टराई, केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्ज ई. राकेश पाण्डे, एमाले कपिलवस्तु जिल्ला सदस्य तथा पिन इञ्चार्ज प्रताप कुमार गिरी, कपिलवस्तु जिल्लाको पेशागत महासंघ अध्यक्ष बाबुराम शर्मा, पिन प्रदेश अनुशासन आयोग अध्यक्ष ई. एन. एस. भण्डारी, पिन प्रदेश सदस्य ई. अविनाश रेग्मी, ई. प्रभाकर चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2025-01-10 at 6.40.38 PM (1).jpeg

    अधिवेशनको खुल्ला सत्र ई. राम चन्द्र चौधरीको अध्यक्षता तथा ई. सुरज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।