२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी फर्मास्युटिकल्सको १७ औं साधारण सभा

आइतवार , पौष २८, २०८१

भैरहवा, २८ पुस । लुम्बिनी फर्मास्युटिकल्स लिमिटेड बुटवल रुपन्देहीको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता र सेवानिवृत्त स्वाथ्यकर्मी शोभाखर बगालेको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले व्यवसाय वृद्धि गर्न नयाँ कार्ययोजनाका साथ लाग्ने निर्णय गरेको छ । 

एक सय भन्दा बढी शेयर सदस्य र १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनी फर्मास्युटिकल्सको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन अध्यक्ष थापाले पेश गरेका थिए । 

कार्यक्रममा कम्पनीका सञ्चालकहरु बुद्धिप्रसाद पन्थ, गिरीप्रसाद श्रेष्ठ, शेयर सदस्यहरु कृष्णकुमारी पाण्डे, दुर्गाप्रसाद अधिकारी, कुलमणि ज्ञवालीलगायतले बोल्दै औषधी व्यवसायको क्षेत्रमा अलग पहिचानका साथ काम गर्न शुभकामना दिएका थिए ।