२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

प्रवासी नेपाली एकता समाज युएईले मनायो पृथ्वी जयन्ती

आइतवार , पौष २८, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • भैरहवा, २८ पुस । प्रवासी नेपाली एकता समाज युएईले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । समाजले शनिबार युएईको शहर दुबईमा पृथ्वी जयन्ती तथा पुष्प माल्यार्पण समारोह आयोजना गरेको हो । समारोहमा वक्ताहरुले आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तोया नाथ लम्सालले इतिहास मेटाउन नहुने बताए । उनले पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्ती (पुस २७ गते) ऐतिहासिक दिन भएको बताए । पृथ्वीनारायण शाहको योगदान भुल्न नसकिने उनको भनाइ छ । उनले नेपालमा हिन्दूराष्ट्र र राजसंस्था आवश्यक रहेकोमा जोड दिए ।

    श्री वैष्णव परिषद् युएईको निमन्त्रणामा एकदिवसीय श्रीमद्भागवत सार सारांशमा कथाको लागि युएई आएका अनन्तः श्रीविभूषित आचार्य श्री १००८ चक्रपाणी स्वामीजी महाराजले पनि पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए । उनले धर्म–संस्कृतिको संरक्षणमा राप्रपाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

    प्रवासी नेपाली एकता समाज युएईका कार्यवाहक अध्यक्ष नारायण आचार्यले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै नेपालमा राजसंस्था आवश्यक रहेकोमा जोड दिए ।
    समाजको महिला विभाग प्रमुख भिमा देवी पन्तको स्वागत तथा समाजका सदस्य मित्रलाल कुवँरको सञ्चालनमा भएको कार्यक्रममा नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष रामबाबु न्यौपाने, प्रवासीनेपाली एकता समाज युएई (दुबई) का क्षेत्रीय अध्यक्ष सम्पत कुमार न्यौपानेले पृथ्वीनारायण शाहको योगदानको बारेमा चर्चा गरेका थिए । त्यस्तै युएईका लागि नेपालका राजदुत तेज बहादुर क्षेत्री कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रवासी नेपाली एकता समाज युएईले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।

    WhatsApp Image 2025-01-12 at 2.39.00 AM (1).jpeg

    WhatsApp Image 2025-01-12 at 2.39.00 AM.jpeg