२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपा सभापति लामिछाने काठमाडौं अदालतमा हाजिर

आइतवार , पौष २८, २०८१

काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनि  आफै काठमाडौ जिल्ला अदालतमा हाजिर भएका हुन् । अदालतमा लामिछानको बयान लिइने र बयान सकिएपछि थुनछेक बहस हुने बुझिएको छ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध  मुद्दा दर्ता गरेको थियो ।

उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका थिए।