२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

राप्रपा रुपन्देहीले मनायो पृथ्वी जयन्ती

आइतवार , पौष २८, २०८१

  • 985
    Shares
  • 985
    Shares
  • भैरहवा, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले ३०३ औं पुथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपा रुपन्देहीले शनिबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा एक समारोहको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । समारोहमा पार्टीका नेताहरुले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले पृथ्वीनारायण शाहको बारेमा जति भने पनि कमै हुने बताए ।  उनले भने, ‘पृथ्वीनारायण शाहकै योगदानका कारण आज हामीले आफूलाई नेपाली भन्न पाएका छौं । तर, काँग्रेस, एमाले र माओवादीले पृथ्वीनारायण शाहको योगदान बिर्सिएका छन् ।’ सहायक महामन्त्री अलीले इतिहास र योगदान बिर्सन नहुने धारणा राखे ।

    राप्रपा रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष पदमा थापाको अध्यक्षता तथा सह–सचिव शंकर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य मिन प्रसाद घिमिरे, मात्रिका प्रसाद यादव, लुम्बिनी प्रदेश सभा सदस्य आशिष चौधरी, जिल्ला सचिव बलराम शर्मा, जिल्ला सल्लाहकार समिति संयोजक कृष्ण भण्डारी, जिल्ला सदस्य चेतनारायण कंडेल, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव लगायतले भनाइ राखेका थिए ।

    DSC_1059.JPG