२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

प्युठानको नारिकोटमा बुटवल हस्पिटलद्वारा स्वास्थ्य विशिर

आइतवार , पौष २८, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • बुटवल, २८ पुस । बुटवल हस्पिटल प्रा.लि.ले प्युठानको गौमुखी गाउपालिका वडा नम्बर ७ स्थित नारिकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोही पालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा स्वास्थ्य शिविर भएको हो । हस्पिटलका विशेषज्ञ चिकित्सकहरुमार्फत सो क्षेत्रका ६ सय ४४ जना बिरामीले शिविरबाट सेवा लिएका हछन् । बिरामीहरुलाई अस्पतालले उपलब्ध गराएको औषधि समेत वितरण गरिएको थियो। 

    शिविरको एक समारोहकाबीच गौमुखी गाउँपालिकाका अध्यक्ष एवं नेपाल गाउँपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गरेका थिए । समारोहमा अध्यक्ष गिरीले जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर गर्नु त्यस क्षेत्रका नागरिकका लागि निकै ठूलो अवसर भएको बताए । उनले बुटवलमा रहेको बुटवल हस्पिटलले लामो समयदेखि बिरामीहरुको सेवा गर्दै आएकोमा अहिले आफै बिरामीहरुकै घरमा आएर सेवा दिएको भन्दै आभार प्रकट गरे । अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आए पनि वरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण बिरामी रोग पालेर बस्ने अवस्था रहेको धारणा राखे । उनले आगामी दिनमा पनि बुटवल हस्पिटलसँगको सहकार्य रहने विश्वास व्यक्त गरे ।

    79225b70-010e-4c00-ae5c-15a4824a4f45.jpg

    त्यस्तै गाउँपालिका उपाध्यक्ष महाविर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन अपील गरे । उनले बुटवलमा पाइने विशेषज्ञ सेवा गाउँघरमै पाउने वातावरण निर्माण गरिदिएकोमा अस्पताललाई आधार प्रकट गरे । कार्यक्रममा गौमुखी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा.लि.सँग सहकार्य गर्न पाउँदा निकै सन्तुष्टि मिलेको बताए।

    सो अवसरमा नारिकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानीय समाजसेवी विर वहादुर केसी, रेम बहादुर गिरी, कमल कुवंर, जुमान जिसी, हुकुम थापा, शिविर सहजीकरण गर्ने प्रविण कुवंर, भरतजंग क्षेत्री लगायतले शिविर नारिकोटका लागि फलदायी भएको बताए । 

    शिविर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा.लि.का महिला तथा प्रसूती रोग विशेषज्ञ डा. विन्दु खरेल, वरिष्ठ फिजिसियन डा.सागर पौडेल, हाडजोर्नी रोग विशेषज्ञ डा. सञ्जीव आचार्य, मेडिकल अफिसर डा.अमृत बस्याल, डा.सुजन आचार्य, बुटवल हस्पिटलका सिनियर कर्मचारी राजु पौडेल, मार्केटिङ म्यानेजर सुमन तिमिल्सिना लगायतको टीम प्युठान पुगेको हो ।

    4903a739-61c5-40d8-a4f3-40665c7aa11c.jpg

    सामाजिक उत्तरदायित्व अन्र्तगत बुटवल हस्पिटल प्रा.लि.ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।