२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रेडक्रस सोसाइटी मायादेवी उपशाखाको अध्यक्षमा विपिन मिश्र

सोमवार , पौष २९, २०८१

भैरहवा, २९ पुस । नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखा, रुपन्देहीको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अधिवेशनले विपिन कुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपशाखाको उपसभापतिमा शान्ता बराल सुनार, सचिवमा बैजनाथ प्रसाद गुप्ता, कोषाध्यक्षमा विजय कुमार पाण्डे, उपसचिवमा योगेन्द्र प्रसाद ठाकुर र उप–कोषाध्यक्षमा शम्भु तिवारी रहेका छन् । त्यस्तै सदस्यहरुमा देवराज लोहार, माया केवट, इमिर्ती केवट, अब्दुल कयुम मुसलमान र शिवशक्ति बानिया रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले रेडक्रस मायादेवी उपशाखाको भवनका निम्ति जग्गाको प्रयासका लागि पहल गर्ने बताए । उनले वडा र गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपशाखाका उपसचिव विजय कुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस रुपन्देही जिल्ला शाखा मन्त्री रामचन्द्र उपाध्याय लगायतले भनाइ राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि पाण्डेयले रेडक्रस मायादेवी उपशाखाको स्थापना भएपछिको पहिलो कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसा–पत्र प्रदान गरेका थिए ।

WhatsApp Image 2025-01-12 at 1.28.54 PM.jpeg