२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभद्वारा ‘लायन्स साईकल र्‍याली’

सोमवार , पौष २९, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, २९ पुस । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले रुपन्देहीको भैरहवामा ‘लायन्स साईकल र्‍याली–२०२५’ कार्यक्रम गरेको छ ।

    क्लबले लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मजयन्तीको अवसरमा कार्यक्रम गरेको वर्ष २०२४/०२५ का अध्यक्ष संजोगराज तिवारीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साईकल रैली गरिएको अध्यक्ष तिवारीले जानकारी दिए । उनका अनुसार साईकल र्‍याली लुम्बिनी गेटबाट सुरु भइ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पिपरहिया चोक, खजहना, युनिभर्सल मेडिकल कलेज, देवकोटाचोक हुँदै बैंकरोडस्थित क्लबको कार्यालय अगाडि पुगेर समापन भएको थियो । ‘र्‍यालीमा विशेष गरी साईकल सिटी भैरहवा, युथ पेडलर्स तथा साईकलयात्रीहरुको उत्साहजनक सहभागीता रहेको थियो, ’उनले भने । 

    लायन्सका पूर्व डिष्ट्रिक गभर्नर तथा मल्टीपल डिष्ट्रिक मार्केटिङ कोर्डिनेटर अरुण प्रताप राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गेट मेम्बर ओम कुमार श्रेष्ठ, डिस्टिक एडभाइजर राजेश खरेल, अनरी एडभाइजर प्रेम कुमार सेन्चुरी, एरिया चिफ अभिनव मयुर कसौधन, कलस्टर चिफ दुर्गा शर्मा आचार्य, जोन चियरपर्सन सुनिल सेन्चुरी, साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगर, वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ लायन्सका सदस्यहरु, साईकलयात्रीहरु लगायतको उपस्थिति रहेको थियो ।

    cycle.jpg
    isuzu.jpg

    कार्यक्रम संयोजक कन्चन श्रेष्ठको स्वागत तथा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका सचिव भुवन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ryally.jpg