२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल अविनास आश्रममा लायन्स सिद्धार्थनगरले खाना खुवायो

सोमवार , पौष २९, २०८१

भैरहवा, २९ पुस । लायन्स क्लब अफ सिद्धार्थनगरले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा खाना खुवाउने कार्यक्रम गरेको छ ।

लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मजयन्तीको अवसरमा आश्रममा कार्यक्रम गरिएको क्लबका अध्यक्ष अर्जुन पौडेलले बताए । सप्ताहव्यापी कार्यक्रम (मेल्भिन जोन्स सर्भिस वीक) अन्तर्गत आइतबार आश्रममा आश्रित बालबालिकाहरुलाई खाना खुवाइएको उनले बताए । 

‘आश्रममा विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आएका छौं’अध्यक्ष पौडेलले भने, ‘यहाँ कार्यक्रम गर्दा आश्रमका बारेमा जान्ने अवसर पाइन्छ । आगामी दिनमा पनि आवश्यकता अनुसार लायन्स क्लब अफ लायन्स सिद्धार्थनगरले सहयोग गर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर तथा मल्टीपल डिष्ट्रिक मार्केटिङ कोर्डिनेटर अरुण प्रताप राणाले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्नु लायन्सको उद्देश्य रहेको बताए । उनले लायन्सले आँखाको क्षेत्रमा देशभर गरिएको बताए । ‘गर्वका साथ लायन्सको सदस्य हौं भनौं’उनले भने, ‘लायन्सका बारेमा रहेका भ्रम चिर्न जरुरी छ ।’

त्यस्तै पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगरले अविनास अनाथ आश्रमको भवन निर्माणमा समेत सहयोग गरेको स्मरण गरे । उनले सहयोग गर्न पाउँदा आनन्दको अनुभुति हुने गरेको बताए ।

कार्यक्रममा डिष्ट्रिक एडभाइजर तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष नेत्र प्रसाद आचार्य, रिजन चेयरपर्सन राकेश गुरुङ, कार्यक्रम संयोजक एवं लायन्स सिद्धार्थनगरका प्रथम उपाध्यक्ष धर्मराज आचार्य, सचिव कमल ज्ञवाली लगायतले बोलेका थिए । क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने लायन्स सिद्धार्थनगरका द्वितीय उपाध्यक्ष उमेश थापा मगरले बताए ।

नेपाल अविनाथ अनाथ आश्रममा हाल १९ जना बालबालिका रहेको अध्यक्ष कृष्ण ज्ञवालीले जानकारी दिए ।

IMG_1076.JPG