
सोमवार , पौष २९, २०८१
दाङ, २९ पुस । लुम्बिनी प्रदेश सरकारले यही माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएको हो ।
यस वर्ष पनि माघे संक्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij